श्रीलङ्का क्रिकेट टोलिका बलिङ्ग प्रशिक्षकले दिए राजीनामा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । श्रीलङ्का क्रिकेट टोलिका पूर्ब बलर चामिण्डा भासले राष्ट्रिय टोलिको बलिङ्ग प्रशिक्षकबाट राजिनामा दिएका छन् । श्रीलङ्का क्रिकेट टोलि वेष्टइन्डिज भ्रमणमा निस्किन लागेको पूर्ब सन्ध्यामा भासले राजिनामा गरेका हुन् ।

श्रीलङ्काली क्रिकेट टोलिले भासलाई बिस्थापितबारे शिघ्र निर्णयमा पुग्ने जनाएको छ । प्रशिक्षकहरुमध्येबाट नै एकजनालाई बलिङ्ग प्रशिक्षकको जिम्मेवारी दिइने जनाइएको छ ।

श्रीलङ्काली क्रिकेट बोर्डले जारी गरेको वक्तब्यमा तलब सम्बन्धमा सहमति हुन नसक्दा भासले राजिनामा गरेको जनाइएको छ ।

वक्तब्यमा क्रिकेट टोलि प्रस्थान गर्नै लाग्दा भासले राखेको तलब सम्बन्धी मागमा सहमति हुन नसक्दा राजिनामा दिनु गैर जिम्मेवारपूर्ण कदमको संज्ञा दिइएको छ ।

भासले विदेशी प्रशिक्षकले पाए जसरी नै तलब सुबिधा माग गरेका थिए । श्रीलङ्का क्रिकेट बोर्डले स्थानीय प्रशिक्षकलाई रुपियाँमा तलब सुबिधा प्रदान गर्दै आएको छ ।

डेविड सेकरलाई हटाएर क्रिकेट बोर्डले श्रीलङ्काका सबैभन्दा सफल तीब्र गतिका बलर चामिण्डा भासलाई बलिङ्ग प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्