रवि लामिछानेको टेलिभिजन– रमेश प्रशाइको कार्यक्रमदेखि रामायण, क्राइम पेट्रोलसम्म नेपालीमा

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । ‘ग्यालेक्सी फोरके’ नामको टेलिभिजनमा विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरिएको छ ।

जसमा केही फ्रेन्चाइ कार्यक्रमहरु रहेका छन् । भारतीय टेलिभिजनमा चर्चामा रहेको क्राइम पेट्रोल नेपालीमा आउने भएको छ । उक्त कार्यक्रम अभिनेता दिपकराज गिरीले सञ्चालन गर्ने छन् ।

त्यस्तै टेलिभिजनले रामायण प्रसारण गर्ने छ जुन नेपालीमा हुने जनाइएको छ । राजेश हमालले को बन्छ करोडपति कार्यक्रम सञ्चालन गर्नेछन् भने इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा लगायत सारेगमपा लिटिल च्याम्पमा देखिने छन् ।

रमेश प्रसाईले लालमोहर लिएर आउने छन् भने महाविर पुनले पनि एउटा कार्यक्रम सञ्चालन गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्