अमेरिकामा पक्राउ परिन् विश्वकै खुंखार डनकी श्रीमती

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


न्यूयोर्क । अमेरिकी जेलमा जन्म कैदको सजाय भुक्तान गरिरहेका विश्वकै खुंखार डन अल चापो गुसम्यानकी श्रीमती एम्मा कोरोनेल एसपुरोलाई पनि अमेरिकामा गिरफ्तार गरिएको छ ।

उमेरले ३१ वर्षीया एम्माविरुद्ध कोकिन, मेथाम्फेटामाइन, हेरोइन र गाँजा वितरणका लागि षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।

सिनालोआ कार्टेलको मुखिया रहेका अल चापो अहिले न्यूयोर्कको एक जेलमा मनी लाउन्ड्रिङ (सम्तत्ति शुद्धीकर) र लागू औषध तस्करीको मुद्दामा जन्म कैदको सजाय भुक्तान गरिरहेका छन् ।

अमेरिकी अधिकारिका अनुसार अल चापोको कार्टेल अमेरिकामा सबैभन्दा बढी लागू औषध तस्करी गर्नमा जिम्मेवार थियो । सन् २०१९ मा अल चापोको मुद्दाको सुनवाई भइरहँदा उनको जिन्दगीसँग जोडिएका अचम्मित पार्ने केही तथ्यहरु सार्वजनिक भएका थिए ।

त्यस्ता तथ्यहरुमा लागू औषधको तस्करीदेखि लिएर १३ वर्षकी बालिकामाथि बलात्कार तथा पूर्व कार्टेल सदस्य एवम् प्रतिद्वन्द्वीको विभत्स तरिकाले हत्या जस्ता जानकारीहरु थिए ।

अमेरिकाको न्याय विभाग एम्मा कोरोनेल एसपुरोलाई वाशिङ्टन डीसीस्थित एक संघीय अदालतमा भिडियो कन्फ्रेन्सिङको मद्दतबाट पेस गरिने छ ।

एम्माविरुद्ध लागू औषधको तस्करीका साथ-साथै सन् २०१५ मा आफ्ना पतिलाई मेक्सिकोस्थित जेलबाट भगाउनका लागि षड्यन्त्र रचेको अभियोग पनि छ ।

उक्त प्रकरणमा अल चापोका छोराले आफ्ना बुवालाई जेलबाट भगाउनका लागि मेक्सिकोको सबैभन्दा सुरक्षित भनिएको जेल नजिकस्थित एक सम्पत्ति किनेका थिए । त्यसपछि जेलमा रहेका आफ्ना बुवासमक्ष उनले एक जीपीएस डिभाइस पुर्‍याए जसबाट सुरुङ खन्नेहरुलाई अल चापोसम्म पुग्नका लागि सटिक जानकारी प्राप्त होस् ।

त्यसपछि अल चापो सुरुङमा चलाउनका लागि विशेष रुपले तयार पारिएको एक मोटरसाइकलमा चढेर जेलबाट बाहिर निस्किए ।

अदालतको मिसिलमा उल्लेख गरिएअनुसार अल चापोलाई अमेरिकामा सुम्पिनु अगाडिसम्म एम्मा कोरोनेल कथित रुपमा सन् २०१७ जनवरीमा आफ्ना पतिलाई जेलबाट भगाउनका लागि योजना बनाउने कार्यमा सामेल थिइन् । एम्माको तर्फबाट भने अहिलेसम्म यी आरोपहरुको बारेमा कुनै पनि प्रकारको टिप्पणी आएका छैन ।

एम्मा कोरोनेलसँग मेक्सिको र अमेरिका दुवै देशको नागरिकता छ । उनी अल-चापोबाट भएका दुई जुम्ल्याहा बच्चाकी आमा समेत हुन् । न्यूयोर्कमा आफ्ना पतिविरुद्धको मुद्दामा भएको सुनुवाईका क्रममा उनी लगभग प्रत्येक दिन उपस्थित रहिन् ।

सुनुवाईका दौरान एम्माले आफ्ना पतिसँग जोडिएका हत्या तथा बलात्कारका डरलाग्दा बृतान्त सुनिन् । अल चापोविरुद्ध यो पनि दाबी गरिएको थियो किन उनी एम्मा र अन्य प्रेमिकाको जासूसी समेत गराउँथे ।

सुनवाई सकिएपछि अल चापो प्रति इमान्दार रहँदै एम्माले भनेकी थिइन्, ‘म मेरो श्रीमान्‌लाई त्यो प्रकारले बुझ्दिन् जुन प्रकारले उनलाई देखाउन खोजिँदै छ । म उहाँलाई एउटा त्यस्तो मानिसको रुपमा बुझ्छु जोसँग मेरो भेट भएको र मेरो विवाह पनि भयो ।’

अल चापो गुसम्यान मेक्सिकोको उत्तरी-पश्चिमी क्षेत्रको सिनालोआ प्रान्तको एक गरिब परिवारबाट आएका थिए । तर, उनको संगठित अपराध यसरी बढ्यो कि सन् २००९ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा उनी १ अर्ब अमेरिकी डलरको सम्पतिका साथ ७०१ स्थानमा पुगे ।


प्रतिक्रिया दिनुहोस्