रोजगारी लगाइदिने बाहनामा भारतमा एक महिना बलात्कृत भएकी छिन् ।
कारखानामा काम लगाइदिन्छु भन्दै एक व्यक्तिले महिलालाई कारमा राखेर बलात्कार गरेको घटना सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारत मध्य प्रदेशमा ग्वालीयर जिल्लामा एक महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
रामबाबु गुर्जर नामका व्यक्तिले चिडियाखानाको अगाडि गुर्जर कारखानामा काम खोजिदिने बहानामा आफूलाई लिएर गएको र बाटोमा बलात्कार गरेको र बलात्कार गर्न सहयोग कार चालकले मद्दत गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी हुन् ।
रामबाबुले होटलमा लगेर समेत आफूलाई बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छिन् ।
प्रहरीले रामबाबु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
डीएसपी क्राइम शाखा विजया भदोरियाले महिलाले उजु्री दिएपछी आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए ।