१० प्रतिशतले घट्यो निफ्राको शेयर, बेच्न खोज्दा पनि किन्ने कोही छैनन्

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । आईपीओ सूचीकृत भएर कारोबार शुरु भएको दिनदेखि लगातार बढीरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर मूल्य मंगलबार भने घटेको छ ।

१० प्रतिशतले शेयर घटेपछि आज भने किन्ने कोही छैनन् । हिजो (सोमबार) बजार खुल्नेवित्तिकै निफ्राको मूल्य १० प्रतिशतले बढेपछि सकरात्मक सर्किट लागेको थियो ।

मंगलबार प्रिओपनमा पनि निफ्राको शेयरको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको थियो । तर, बजार खुलेपछि ठूला लगानीकर्ताले धमाधम शेयर बिक्री गर्न थालेपछि १० प्रतिशतले मूल्य घटेको हो ।

१० प्रतिशत मूल्य घटेपछि निफ्राको शेयरको मूल्य अहिले प्रतिकित्ता ५९४ रुपैयाँमा फर्किएको छ । सो मूल्यमा २ लाख ७७ हजार बढी कित्ता शेयर बेच्न खोजिए पनि किन्ने भने कोही छैनन् ।


प्रतिक्रिया दिनुहोस्