प्रधानमन्त्री ओलीको जन्मदिन आज

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ७० वर्षमा प्रवेश गरेका छन् ।

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा ओलीको जन्म भएको थियो ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन् ।

उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन् ।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्ष रहेका छन् ।

आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो । जन्मदिनको अवसर पारेर उनका समर्थक र शुभचिन्तकहरुले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्