माल्दिभ्समा आज यस बर्षकै धेरै पर्यटक भित्रिए

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन्।

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन्।

यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन्।

मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।

टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन्।

तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ ।

यस बर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्