उच्च रक्तचापले मुटु र मिर्गौलालाई खतरा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


पछिल्लो समय उच्च रक्त चापका बिरामीको संख्या बढिरहेको छ । खानपानमा असन्तुलन, धुमपान मध्यपान, व्यायामको कमी, तनाव र थकानका कारण यस्ता दीर्घ रोगहरुमा बृद्धि भइरहेको चिकित्सकहरु बताउँछन् ।

त्यसमध्येको रोग हो उच्च रक्तचाप ।

रगत प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुनु नै उच्च रक्तचाप हो । उच्च रक्तचाप हुँदा रक्तनलीहरुमा क्षति पुग्छ र रक्तनलीहरु नै बन्द हुने सम्भावना हुन्छ ।

उमेर बढ्दै जाँदा मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थाल्छ ।

कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।

उच्च रक्तचापको लक्षण
–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,

–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,

–नाकबाट रगत बग्ने,

– रिगाँटा लाग्ने ।

उच्च रक्तचापले यस्तो रोगको जोखिम

उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।

रक्तचाप नियन्त्रण कसरी गर्ने ?

–सन्तुलित आहारमा बढी जोड दिने,

– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,

–खानामा नुनको प्रयोग कम गर्ने,

–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,

–नियमित शारीरिक व्यायाम गर्ने,

–धुम्रपान नगर्ने,

– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।


प्रतिक्रिया दिनुहोस्