विप्लव नेता धर्मेन्द्र बास्तोला छुटे लगत्तै पक्राउ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाट पुनः पक्राउ परेका छन।

सरकार र विप्लव समूहबीच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने चर्चा थियो।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको हो।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

बाँस्तोलालाई केही समयअघि ललितपुर परिसरले पक्राउ गरेको थियो।

उनलाई बिनाकारण थुनामा राखिएको भन्दै अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सो मुद्धामाथि सुनुवाई गर्दै सर्वोच्चले आज रिहा गर्न आदेश दिएको हो। तर, अदालतको आदेश विपरित बास्तोला पुनः पक्राउ परे।


प्रतिक्रिया दिनुहोस्