प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको बताएका छन्।

विराटनगरमा आयोजित आमसभामा बोलेको कुरालाई झुटो प्रचार गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले नारा जुलुस गर्छु भनेको होइन्। देश विकासको आन्दोलन गर्छु भनेको हुँ।’

यस्तै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए फेरि सांसद किनबेच र तमासाको राजनीति शुरू हुने बताए।

सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताए।

‘अब यदि पुनःस्थापना हुने हो भने के हुन्छ, यसो कल्पना गरौं । पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ। कुनै पार्टीको बहुमतको सरकार हुँदैन, त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ,’ ओलीले भने।

 


प्रतिक्रिया दिनुहोस्