नवनियुक्त प्रदेश प्रमुखले कार्यालयमा राखे पृथ्वीनारायण शाहको फोटो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (राजेश अहिराज)ले आजबाट कार्यभार सम्हालेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिन अघि नियुक्त गरेकी थिइन्।

उनलाई जनकपुरमा आइतबार १ सय किलोको माला सहित स्वागत गरिएको थियो।

आजबाट कार्यभार सम्हालेका झाले कार्यालयमा पृथ्वीनारायण शाहको तस्विर समेत राखेका छन्।

मधेश केन्द्रित दल र संघीयता विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका झाले कार्यभार सम्हाल्नुपूर्व कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्न लगाएका थिए।

पृथ्वीनारायण शाह बिनाको नेपाल कल्पना हुनै नसक्ने उनले बताउँदै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस्