दिल्लीमा रहेका डा.भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई भोलि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका भट्टराईलाई आज त्यहाँको अस्पतालले थप परीक्षणका लागि मंगलबार भर्ना गर्ने भएको छ।

भट्टराईसँगै दिल्ली रहेका जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भई उनको थप स्वास्थ्य परीक्षण गरिने जनाएका छन्।

उनका अनुसार भट्टराईले आज अपरान्ह सो अस्पतालमा गरिएको प्रारम्भिक परीक्षण तथा परामर्शपछि भर्ना गरेर थप उपचार गर्ने निर्णय गरिएको हो।

डा भट्टराई ट्युमर भएको आशंकामा उपचारका लागि दिल्ली पुगेका हुन।


प्रतिक्रिया दिनुहोस्