१५० ग्राम सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानी छन् ।

प्रहरीका अनुसार उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेका थिए ।

कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्