नेप्सेमा करेक्सन : निफ्राका लगानीकर्ताले धेरै कमाए, सेन्चुरी बैंककाले गुमाए

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनभन्दा ३२.६७ अङ्क अर्थात् १.२४ प्रतिशत परिवर्तन भएर २६०७.६७ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७६.१५५४ र कममा २६०३.०४५६ पुगेको थियो।

आज २ करोड १६ लाख बढी कित्ता सेयर ८ अर्ब बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०७ कम्पनीको सेयर किनबेच भएको हो।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेर ४८६.३६ बिन्दुमा पुगेको छ। यसदिन नेप्सेका उपसूचकहरु हाइड्रो र अन्य बाहेक सबै राताम्य छन्।

बजारमा गिरावट आएपनि आज सबैभन्दा धेरै नेपाल इन्फ्रस्टक्चर बैंक (निफ्रा)का सेयर लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए। बजार खुले लगत्तै निफ्राको सेयर मूल्यमा ‘पाजेटिभ सर्किट’ लागेको हो। निफ्रको सेयर मूल्य प्रतिकित्ता ६६० कायम भएको छ।

आखुँखोला जलविद्युत कम्पनी को शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ।

सेन्चुरी कर्मशियल बेंकका लगानीककर्ताले सर्वाधिक ५.५२ प्रतिशतले गुमाए। यस्तै, सिभिल बैंकको शेयर मूल्य समेत १४ रुपैंयाले घटेको छ।

आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड बढिमा सेयर कारोबार भएको छ। यस्तै,निफ्राको ३२ करोड, निर्धान उत्थान लघुवित्तको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन नेप्सेका उपसूचकहरु हाइड्रो र अन्य बाहेक सबै राताम्य छन्।


प्रतिक्रिया दिनुहोस्