फूलमाला लिएर गर्‍यो विवेकशील पार्टीले प्रदर्शन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । विवेकशील पार्टीले संसद विघटनविरुद्ध फूलमालासहित प्रदर्शन गरेको छ ।

नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका मालाका स्वरूपमा रहेका नेपालीहरूमा निहीत सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चिएको विवेकशीलको भनाइ छ ।

नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरुमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशीलले जनाएको छ ।

विवेकशील पार्टीमा अधिनायकवाद विरुद्ध हरेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस्