स्पेनिस ला लिगा: बार्सिलोना बराबरीमा रोकियो

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा बार्सिलोना र काडिजले १–१ गोलको बराबरी गरेका हुन् ।

खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि यसलाई जोगाइराख्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।

यस्तै, गए राति नै भएका खेलमा रियल सोसिडाड र हुएस्का विजयी भएका छन् ।

रियल सोसिडाडले एल्लाभेसलाई ४–० गोल अन्तरले हरायो भने हुएस्काले ग्रानडालाई ३–२ गोल अन्तरले हरायो ।

यस्तै, एट्लेटिको बिल्वाओ र भिल्लारियलले भने एक–एक गोलको बराबरी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्