नवनियुक्त प्रदेश प्रमुखलाई जनकपुरमा १ सय किलोको मालाद्वारा स्वागत

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । प्रदेश नं २ का नवनियुक्त प्रमुख राजेश अहिराज (राजेश झा) लाई जनकपुरमा भव्य स्वागत गरिएको छ।

राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तिकल परियारलाई हटाएर प्रदेश प्रमुखमा झा लाई नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख भएपछि जनकपुर गएका झालाई नेकपा ओली समूहको युवा संघ नेपालले जनकपुर विमानस्थलमा १ सय किलोको माला लगाएर स्वागत गरेको हो।

उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्