थप ८० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४९४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ८७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्