उपचारका लागि दिल्ली पुगेका बाबुराम भन्छन्-‘म अत्यन्त लज्जित छु’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

ट्युमरको आशंकामा डा भट्टाराई उपचारको लागि दिल्ली गएका हुन। नयाँ दिल्ली पुगेपछि डा भट्टराईले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यावाद दिएका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’

डा भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका थिए।

पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन।

दिल्ली प्रस्थान गर्नु पूर्व भट्टराईले नातिलगायतसँग बिदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो भनेर फेसबुकमा स्टाटस लेख्दै परिवारसहितको तस्वीर सेयर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्