बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत जाँदै

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ४१


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जान लागेका छन् ।

यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए।

पेटमा समस्या देखिएकाे र न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरीएपछि चिकित्सकहरूकै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका छन्।

नेपाल बायुसेवा निगमको जहाजबाट भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने र उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने बताइएकाे छ।

भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका छन ।


प्रतिक्रिया दिनुहोस्