सात वर्षपछि नेपाल आयाे कङकङ चिल

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ ।

सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ ।

सिकारी चराविद् डा. तुलसी सुवेदीले जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको ठूलो खर्कमा यो चिल भेटिएको बताएकाे खबर गोरखापत्र दैनिकमा छ ।

उनले भदौपछि बसाइँसराइ गरेर नेपाल आउने सिकारी चरामध्ये दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने नेपालमा नभेटिएको जानकारी दिए ।

उनका अनुसार यस पटक पनि जम्मा एउटा मात्र कङकङ चिल बसाइँ सरेर नेपाल आएको होध्र हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको सिमसार क्षेत्रमा रमाउने गर्छ । सन् २०१३ अघि पनि थोरै सङ्ख्यामा आउने गरेको थिया ।


प्रतिक्रिया दिनुहोस्