बर्षौपछि सँगै देखिए पूर्व युवराज पारस र हिमानी, पूर्वराजा शाहको डान्स (भिडियो)

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । पूर्व रानी कोमल शाहको ७० औं जन्मदिवस मनाइएको छ।

हाल झापाको भ्रमणमा रहेका पूर्व राजदम्पत्तिले झापाकै फाइभ स्टार होटल मेची क्राउनमा जन्मदिवस मनाएका हुन। जन्मदिनको अवसरमा पूर्व युवराज पारस शाह पनि उपस्थित थिए।

पूर्व युवराज्ञी हिमानी शाह र पारस वर्षौपछि सँगै देखिएका हुन।

पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन्।

सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन्।

पूर्व रानी कोमलको जन्मदिनको उपलक्ष्यमा पूर्वराजा शाहले डान्स समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्