वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ३५


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन।

नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे।

उनले भने, “सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ।”


प्रतिक्रिया दिनुहोस्