भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्री शिक्षकको मृत्यु

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ५०


भक्तपुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का ३५ वर्षीय बलराम तामाङ छन्।

उनी नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए।

शुक्रबार राति भक्तपुर नगरपालिका–१ घलाते चोकमा नम्बर नखुलेको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्रगतिमा गुडेको टिप्पर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दा ठक्कर दिई डिभाईडरमा कोल्टे पर्न गएको थियो।

दुर्घटना गराउने टिपर र टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नपा ११ घर भएका २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्