प्रधानमन्त्री ओली भन्छन्-‘प्रचण्डलाई राम-राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न’

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : १८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन्।

शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने टिप्पणी गरे।

उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ। अलिकति सिङ हाल्दिएँ। पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो। अब प्रचण्डलाई काँध हाल्न सकिन्न। राम भन्न मात्र सक्छौँ। उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ।’

प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरे।

उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ। पहिले उहाँसँग वैद्य थिए, उनले छाडे। त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे। अहिले झाँक्री लिनुभएको छ। अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।’

प्रधानमन्त्री ओलीले प्रचण्ड अब खीइदै सकिने बाटोमा हिडेको बन्दै अब फर्किने बाटोमा प्रचण्ड नहिडेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्