प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री २ सय प्रतिशत ढुक्क हुनुहन्छ : नेम्वाङ

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : १५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास रहेको बताएका छन्।

शनिबार विराटनगरमा ओली समूहले आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको बताएका हुन्।

‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वास छ, हामीलाई साह्रै विश्वास छ।’

उनले अहिले देशै निर्वाचनमय भएको भएको बताए। उनले विपक्षमा रहेका दलहरु पनि वडा तहसम्म चुनाव चिन्ह लिएर प्रचार गर्दै हिँडेको बताए।

उनले सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट भोट माग्दै विज्ञप्ति निकाल्ने बताए।

प्रचण्ड–माधव नेपालको समूह पनि चुनावकै तयारीमा देश दौडाहा रहेको नेम्वाङको दाबी छ।


प्रतिक्रिया दिनुहोस्