प्रधानमन्त्रीले आज केहि सूचना दिँदै हुनुहुन्छ : नेम्बाङ

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : ४५


काठमाडौं । पूर्व सभामुख सुवास नेम्बाङले प्रधानमन्त्री केपी ओलीले आज सभामा केही सूचना दिन लागेको बताएका छन् ।

विराटनगरमा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेम्बाङले भने ‘विराटनगर विमानस्थलमा स्वागत गर्न जाँदा प्रधानमन्त्रीको अनुहार उज्यालो देखेको छु। कुनै सूचना सुनाउन गइरहनु भएको छ। के हो भन्नु भएको छैन। म पनि प्रधानमन्त्रीले हामीलाई के सूचना दिनु हुन्छ भनेर पर्खिरहेको छु,’ उनले भने।

एमिकस क्युरीले प्रतिनिधिसभा विघटनलाई वैधानिक भनिसकेको उनले दाबी गरे।

प्रतिनिधिसभा बिघटनका बारेमा फागुन ११–१५ गते भित्रमा सर्वोच्च अदालतको फैसाला आउँने तर १५ गते भने नकट्ने नेता नेम्वाङले बताए।


प्रतिक्रिया दिनुहोस्