विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १ : ५७


काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विराटनगरमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

नेकपा ओलीसमूहद्वारा शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्न आएका ओलीलाई प्रचण्ड–माधव समूहका युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।

विराटनगर विमानस्थलबाट कार्यक्रमस्थलमा जाने क्रममा उनीहरूले ओलीलाई कालो झण्डा देखाएका हुन् ।

युवा विद्यार्थीले कालो झण्डा देखाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसक्रममा विद्यार्थीले केहीबेर नाराबाजीसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्