ललितपुरमा वर्षौंदेखि चल्दै आएको जुवा अड्डामा जब प्रहरी पुग्यो

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । ठूलो मात्रामा नगदसहित ललितपुर प्रहरीले तास खेल्दै गरेको अवस्थामा १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।

महर्जनको घरमा लामो समयदेखि जुवा खेलाइँदै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले छापा मार्दा जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई पक्राउ गरिएको हो ।

प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक सुरेश भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राति महर्जनको घरमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा घरको दोस्रो तलामा जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।

एसपी महर्जनका अनुसार पक्राउ परेकाहरुको साथबाट ३० लाख ८४ हजार ४ सय रुपैयाँ नगद बरामद गरिएको छ । पक्राउ परेकाहरुको साथबाट जुवा खेल्दा प्रयोग हुन तास, क्यारेमका गोटी, सिमीका गेडा लगायत समेत बरामद गरिएको एसपी महर्जनले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ललितपुर घर भएका ४३ वर्षीय रामबहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लव कुमार बस्नेत, ४३ वर्षीय राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षीय हिटलर श्रेष्ठ र २८ वर्षीय अनिल महर्जन छन् ।

यस्तै, ललितपुर बस्दै आएका ३६ वर्षीय श्रीकृष्ण खड्का, ४२ वर्षीय तुलसी राम महर्जन, ४६ वर्षीय सानु कान्छा महर्जन, ४५ वर्षीय पूणर् श्रेष्ठ, ४८ विनोद प्रसाद घिमिरे, ४० वर्षीय पूणर्मान माली, ५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्