झापामा दुई मोटरसाइकल जुध्दा एकको मृत्यु

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ०३


झापामा दुई वटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

झापा मेचीनगर १३ धाइजनका ३८ वर्षीय अनन्त आचार्यको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो ।

शुक्रबार बेलुका साढे ७ बजे मेचीनगर-१३ चारआलीस्थित पूर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे११प ४४७८ नम्बरको मोटरसाइकल चालक उनलाई बिएन्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार दुई जना समेत घाइते छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राति भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिआर०१-जिसी ०३४१ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-४ का २७ वर्षीय राजन चौधरीको मृत्यु भएको छप्रहरीले जनाएको छ ।

करिब ११ बजे इटहरीबाट दुहबी जाँदै गरेको को१९ प ६९७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको भारतीय नम्बरको ट्रककले ठक्कर दिएको थियो।


प्रतिक्रिया दिनुहोस्