अनुहार सुन्दर देखाउने केहि घरेलु उपाय

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


राम्रो बन्ने इच्छा सबैमा हुन्छ । त्यसकालागि कतिपयले क्रिमहरुको पनि प्रयोग गर्ने गरेका छन् । तर घरमै पनि छाला तथा अनुहारलाई चम्किलो बनाउने चिजहरु पाईन्छ ।

आज हामी अनुहार सुन्दर देखाउने केहि घरेलु उपायबारे चर्चा गर्नेछौ :

१. अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

२. बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

३. अनुहारको छाला सुख्खा र खस्रो छ भने दुध र मह मिसाएर लगाउने गरेमा अनुहारको सुख्खापन हराउदै जान्छ । यसका लागी एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

४. मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ ।

५. टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ


प्रतिक्रिया दिनुहोस्