विवाह गरेर श्रीमतीलाई बेच्न खोज्ने पक्राउ

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ६ : ०२


विवाह गरेर आफ्नै श्रीमतीलाई बेचबिखन गर्न खोज्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाका धिरज प्रधान रहेका छन्। उनीमाथि एक युवतीलाई विवाह गरेर भारतको बेश्यालयमा बेच्न खोजेको आरोप छ।

घटनाको २१ वर्षपछि उनलाई मोरङको पथरीबाट पक्राउ गरिएको हो।

शनिश्चरेमा प्रधान फोटो स्टुडियो संचलन गरेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रधानले २९ कात्तिक २०५६ मा झापा खजुरगाछीकी एक महिलालाई दमकस्थित मन्दिरमा विवाह गरेका थिए। उनले ती युवतीलाई विवाहको करिब साढे दुई महिनापछि इटहरी ल्याएर त्यहाँबाट काकडभिट्टा हुँदै भारतको सिलिगुढीमा बेच्ने योजना बनाएका थिए

प्रधानको योजनाका बिषयमा जानकारी पाएपछि ती युवती भागेर प्रहरीसम्म पुगेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्