प्रतिगमन र बलात्कार विरुद्ध मार्चमा सहभागी महिलालाई ज्यान मार्ने धम्की

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रतिगमन तथा बलात्कारविरुद्धको मार्चमा सहभागी महिला अभियन्तालाई धम्की आएकोमा आपत्ति जनाएको छ।

विज्ञप्ति मार्फत नागरिक आन्दोलनले गत माघ ३० गते काठमाडौंमा आयोजित आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको उल्लेख गरिएको छ।

यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्ने नागरिक आन्दोलनको प्रतिबद्धता छ।


प्रतिक्रिया दिनुहोस्