बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ बर्षीया किशोरी, भागरथी भट्टको शव आफन्तले १७ दिनपछि बुझेका छन्।
प्रहरीले उनको बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय दिनेश भट्टलाई पक्राउ गरेको छ। उनी भागरथीकै आफन्त हुन।
प्रहरीले बुधवार दिनेशलाई पक्राउ गरेपनि उनी हत्यारा भएकोमा भागरथीको परिवारले आशंका व्यक्त गर्दै शव बुझ्न मानेका थिएनन्।
सरकारी वकिलसँगै दिनेशका बुबाकै सामू लिइएको बयानमा दिनेशले आफूले हत्या गरेको स्वीकारेका हुन।
भागरथीको आजै अन्त्यष्टि गर्ने तयारी छ।