गलवान झडपमा आफ्ना सैनिक मारिएको स्वीकार्यो चीनले

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको चीनले स्वीकार गरेको छ ।

चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।

उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीयस सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको छ ।

उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज ओरन गरी चारको मृत्यु भएको हो ।

एक जनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बतएको छ ।

नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेंट जनरल वाईके जोशीका अनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।


प्रतिक्रिया दिनुहोस्