पाँचौं निर्वाचन दिवस मनाउँदै निर्वाचन आयोग

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ५०


काठमाडौं । ‘निर्वाचनमा सबै, सधैं, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज (शुक्रबार) पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।

नेपालमा २०१५ साल फागुन ७ गते आम चुनाव शुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गरेर २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन् ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । आउँदो चुनाव पहिलो चरणमा वैशाख १७ गते र २७ गतेका लागि तोकिएको छ ।

चुनावका लागि झण्डै एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्