प्रेममा रहेको खुलाउँदै इन्दिराले लेखिन्-‘हामी २ बर्षदेखी एकसाथ छौं’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्।

सामाजिक सञ्जालमा पोष्ट गर्दै गायिका जोशीले आफूहरु २ बर्षदेखी प्रेममा रहेको उल्लेख गरेकी छन्।

उनले हात समाएको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्। हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं। जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं।’

गायिका जोशीले फेसबुक मार्फत आफू प्रेममा रहेको बताएपछि धेरै सेलिब्रेटीहरुले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

गायिका जोशी चर्चित गायन रियालीटी सो ‘नेपाल आइडलकी’ जज समेत हुन।

उनले हालसम्म आफू प्रेमसम्बन्धमा रहेको यसअघि बताएकी थिइनन्। फेसबुक मार्फत प्रेममा रहेको खुलाएपनि प्रेमी को हुन भन्नेबारे इन्दिराले नाम भने अझै सार्वजनिक गरेकी छैनन्।

नेपाली गीत–संगीतमा इन्दिरालाई बोल्ड एन्ड ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ।

‘रातो घाँघर’ तथा ‘उध्रेको चोली’ जस्ता हिट गीत गाएर चर्चामा आएकी गायिका जोशी पछिल्ला केहिबर्ष यता जीवनसाथीको खोजीमा थिइन्।

उमेरको हकमा ३३ वर्ष कटिसकेकी उनीमाथि बिहे गर्नुपर्ने पारिवारिक प्रेसर रहेको बताइन्थ्यो।


प्रतिक्रिया दिनुहोस्