ट्रम्पको होटल यसरी ढल्यो (भिडियो)

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको होटल भत्काइएको छ।

अमेरिकी राज्य एटलान्टा सिटीस्थित न्यु जर्सीमा रहेको होटललाई विस्फोटक पदार्थ प्रयोग गरि २० सेकेण्डमै भत्काइएको हो ।

सन् १९८४ मा निर्माण गरिएको उक्त होटल क्यासिनोको लागि निकै प्रचलित थियो। त्यहाँ चर्चित सेलिब्रिटीहरु जाने गर्दथे।

तर सन् २००९ मा आर्थिक मारमा परेर टाटपल्टिएको बताउँदै ट्रम्पले उक्त होटलसँगको सम्बन्ध त्यागेका थिए।

सन् २०१४ मा आएर उक्त होटल बन्द हुन पुगेको थियो। त्यसयता उक्त होटल खाली थियो।


प्रतिक्रिया दिनुहोस्