अमेरिकाका विवादास्पद रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको निधन

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


अमेरिकाका विवादास्पद रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको निधन भएको छ। उनकी श्रीमती क्याथरिन एडम्सले बुधबार उनको रेडियो सोको सुरुवातमा निधनको पुष्टि गरेकी हुन् ।

फोक्सोको क्यान्सरबाट पिडित उनको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो । उनी विवादास्पद दक्षिणपन्थी विचारधाराका कारण चर्चा र आलोचनाको केन्द्रमा पनि रहने गरेका थिए।

उनलाई सन् २०२० मा स्टेट अफ युनियनको क्रममा राष्ट्रपति ट्रम्पले सर्वोच्च नागरिक सम्मान मेडल अफ फ्रिडमबाट सम्मानित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्