बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखियाे,

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

९९ वर्षका ड्युक अफ एडिबर्गलाई मंगलबार बेलुका अस्पताल भर्ना गरिएको बकिङ्घम दरबारले जनाएको छ । राजकुमार फिलिपलाई सेन्ट्रल लण्डन स्थित किङ्ग एड्वार्ड सातौँ अस्पताल लगिएको राजदरबारको वक्तव्यमा उल्लेख छ ।

केही दिन देखि उनको स्वास्थ्यमा समस्या भएको भएपनि कोरोना भाइरसको संक्रमण नभएको बीबीसीले जनाएको छ ।

महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई सावधानी स्वरुप अस्पताल लगिएको राजदबारले उल्लेख गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्