भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइँदै

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइँदैछ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो । उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका सात सदस्यको हत्या गरेकी थिइन् ।

हाल उत्तर प्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने भएको हो । तर फासी दिने मिति टुंगो लागिसकेको छैन । फासीबाट बच्न उनले यही फेब्रुअरी १५ मा गरेको याचना राष्ट्रपतिले खारेज गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्