परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ।

विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ।

बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए।

बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ।


प्रतिक्रिया दिनुहोस्