बलिउडका दिग्गज अभिनेता कबिर बेदीको आज जन्मदिन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बलिउडका दिग्गज अभिनेता कबिर बेदीको आज ७३ औँ जन्मदिन परेको छ ।

उनी बलिउडमा आफ्नो अभिनय भन्दा पनि लभ लाइफको कारण चर्चामा रहने गरेका छन् ।

परवीन बोबीको साथ उनको अफियरको समाचारले पनि लामो समयसम्म मिडियामा स्थान पाएको थियो । साथै ७० वर्षको उमेरमा चौथो बिहे गरेर पनि उनले फ्यानलाई चकित पारेका थिए ।

उनको पहिलो बिहे अभिनेत्री परविन बोबीसँग भएको थियो । उनीहरुको प्रेम सम्बन्धमा रहेको बेला निकै चर्चामा आएका थिए । उनीहरुको बिहे सन् १९७३ मा टुटेको थियो ।

उनले दोस्रो पटक बिहे बेलायती देहकी फेशन डिजाइनर सुजेन हम्प्रेजसँग गरेका थिए । तर बिवाह गरेको केही वर्ष नबित्दै उनीहरुको विवाह सम्बन्ध विच्छेदमा परिणत भएको थियो ।

उनले तेस्रो पटक सन् १९२२ मा टिभी तथा रेडियो प्रिजेन्टर निकी रिड्सका साथमा गरेका थिए । तर उनको यो सम्बन्ध पनि सन् २००५ मा आएर टुटेको थियो ।

सन् २००६ देखि उनको अफियर उनकै साथी परविन दोसाझसँग चल्यो । उनले आफ्नो ७० औँ जन्मदिनको अवसरमा सन् २०१६ मा विवाह गरे । उनको चौथो पत्नी कबिर भन्दा २९ वर्ष कान्छी छिन् ।

कबिरको छोरी तथा अभिनेत्री पूजा बेदी र उनको चौथो पत्नी परविन उमेरमा ५ वर्ष कान्छी छिन् । परविन अहिले ४२ वर्षकी भइन् भने पूजा ४७ वर्षकी भइन् । कबिरको अदाम र सिद्धार्थ नामका दुई छोरा पनि छन् । कबिरको एक नातिनी पनि छन् । जो पूजा झै बोल्ड छिन् ।


प्रतिक्रिया दिनुहोस्