भारतमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो, १८ जनाको शव निकालियो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


भारत । भारतको मध्यप्रदेशमा यात्रु बोकेको बस पुलबाट नहरमा खसेको छ ।

बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो ।

सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म नहरबाट १८ भन्दा बढीको शव निकालिएको छ भने ७ जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको समाचारहरुमा जनाइएको छ ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानि रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन् । अहिले घटनास्थालमा मध्यप्रदेश सरकारका दुई मन्त्री पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्