रामकुमारी झाँक्रीलाई पक्राउ गरि एकदिनमै छाडेका एसएसपीको सरुवा

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : १०


गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरेको छ।

गृह मन्त्रालयले एसएसपी दिपक थापा, चन्द्रकुवेर खापुङ, हरिराज वाग्ले र मधुसुदन लुईंटेलको सरुवा गरेको हो।

एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख थिए। थापाको स्थानमा गृह मन्त्रालयले एसएसपी खापुङलाई पठाएको छ।

थापाको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखामा सरुवा भएको छ। थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसुरमा बयान लिएर एक दिनमै छाडेका थिए। सोही कारण उनलाई सरुवा गरिएको बुझिएको छ।

यस्तै, एसएसपी वाग्लेको कार्य तथा अपराध अनुसन्धान विभाग तथा लुईंटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।


प्रतिक्रिया दिनुहोस्