ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : २४


बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन्।

उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन।

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन। नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ।

“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तानआर्ची गत मे मा एक बर्ष पुरा भएका छन।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन।

ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो।


प्रतिक्रिया दिनुहोस्