पञ्चायतकालदेखि असईमाथि शोषण भएको भन्दै रिटायर्ड एसएसपीले सर्वोच्चमा दिए निवेदन

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । नेपाल प्रहरीबाट अवकास पाएका वरिष्ठ उपरीक्षक(एसएसपी गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

नेपाल प्रहरीमा जुनियर अधिकृत (असई)मा भर्ना हुन तोकिएको शैक्षिक मापदण्ड अन्यायपूर्ण रहेको भन्दै रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन।

प्रमाणपत्र तह वा बाह्र कक्षा पास गरेर नेपाली सेनामा अधिकृत हुने, निजामती सेवामा नायव सुब्बा हुने तर प्रहरीमा खरिदार मात्र हुने गरि भएको असई नियुक्तिको व्यवस्था बिभेदकारी रहेकोले हालको कानुनी प्रावधान बदर गरी नयाँ समानतामूलक व्यवस्था गर्न रिटमा माग गरिएको छ।

रिटमा समान पढाई र समान स्वरुपको तालीमबाट सेनामा अधिकृत हुनु र प्रहरीमा खरिदार हुनु पूर्वाग्रह र अदुरदर्शी नीति भएको जिकिर गरिएको छ।

यस्तो छ रेग्मीको रिट निवेदन

 

रेग्मीले दर्ता गरेको रिटको प्रारम्भिक सुनुवाई फागुन ५ गते हुँदै छ। बहसमा आफै जाने रेग्मीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्