कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको दाबी गरे । ‘, यसको विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको उनको जिकिर छ ।

कार्यकाल सकिएर विदा भएका कुलमान घिसिङलाई पनु विद्युत प्राधिकरणको प्रमुख कार्यकारी बनाउनु पर्ने चौतफी दवाबका बीच पनि कुलमानलाई ओलीले नियुक्ति दिएका थिएनन् ।


प्रतिक्रिया दिनुहोस्