ओेली प्रचण्डले झगडा गर्दा हाम्रो पार्टीमा समस्या आयो– देउवा

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ३७


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षहरुको विवादले आफ्नो पार्टीमा समस्या परेको बताएका छन् ।

भैरहवामा सोमबार आयोजित विरोधसभामा सभापति देउवाले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले झगडा गर्दा आफ्नो दलमा समस्या परेको बताएका हुन् ।

कुर्सीका लागि ओली र प्रचण्डकोबीचमा झगडा भइरहेको भन्दै देउवाले त्यसमा आफ्नो दलको संलग्नता नभएको बताए ।

कांग्रेसका नेताहरुमध्ये केहीले ओली र केहीले प्रचण्ड ठिक भनिरहेको भन्दै उनले आफ्नो पार्टीमा समस्या आएको बताए । ‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन ।’

देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताए ।


प्रतिक्रिया दिनुहोस्