हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
आज हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे ।